बिचौलियाको आरोपका सम्बन्धमा सर्वोच्चको फूलकोर्टमा छलफल
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा उठाइएका विविध प्रश्नहरूका विषयमा छलफल भएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित न्यायाधीशहरूको सो बैठकमा शुक्रबार समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए।
प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडिएर विभिन्न सञ्चारमाध्यमा प्रकाशित भएका विषय भ्रामक भएको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए।
प्रतिक्रिया
