आज कात्तिक ४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक ४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा कायम गरेको छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा तोकेको छ। यस्तै आज साउदी अरेबियन रियालको १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र खरिददर ४० रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
आज युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा छ। यसैगरी आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा तोकिएको छ।
अस्ट्रेलियन डलरको १ को खरिददर १०५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा छ।
आज सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा छ। यस्तै चिनियाँ युआनको १ को खरिददर २२ रुपैयाँ ७० पैसा, बिक्रीदर २२ रुपैयाँ ७९ पैसा छ। यस्तै आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।

