आज नेप्सेमा सामान्य सुधार, अब कात्तिक ९ गते बजार खुल्ने
काठमाडौं । आज शुक्रबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा बन्द भएको छ । हिजो बिहीबार पनि नेप्से ४.६७ अंकले बढेको थियो ।
आज नेप्सेमा कुल ४ अर्ब ८८ करोड रुपैयाँबराबरको कारोबार भएको छ । हिजो बिहीबार भने नेप्सेमा कुल ४ अर्ब ६४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये १७४ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ । अब लगातार दसैंको बिदा परेकाले सेयर बजार कात्तिक ९ गते सोमबार मात्रै खुल्नेछ ।
प्रतिक्रिया
