चाडपर्वमा डिजिटल कारोवारमा नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो ।

अब दसैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ । यो सुविधा असोज ३१ देखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि २९ गतेसम्म लिन सकिन्छ ।

यसअघि एक दिनमा प्राकृतिक व्यक्तिको वालेटमा १० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा रहेको थियो । राष्ट्र बैंकले चाडपर्वका बेला नगद कारोबारभन्दा पनि डिजिटल कारोबारलाई जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर