आज कात्तिक ३ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज कात्तिक ३ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा र क्यानेडियन डलरको १०७ रुपैयाँ ५५ पैसा तोकिएको छ। युरोपियन युरोको बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम हुँदा बेलायती पाउन्ड स्टर्लिङको बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर