एमाले कार्यालयको सुरक्षामा पूर्वसुरक्षाकर्मी

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ। सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो।

कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले सीसीटीभी जडान गरी निगरानी बढाएको जनाएको छ । २०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा केही दिनअघि हटाएको थियो। नयाँ व्यवस्थाअनुसार पूर्व सैनिक तथा पूर्व प्रहरीहरूको टोलीले २४ घण्टा कार्यालयको सुरक्षा पहरा दिइरहेको प्रचार विभाग प्रमुख निरज आचार्यले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर