आज पाँच प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज वर्षा हुनेछ । पाँचवटा प्रदेशका केही भूभाागमा हल्का वर्षाको सम्भावना रहेको हो ।
आज बुधबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया: सफा रहनेछ । हिमाली भू-भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
विभागले आज राति हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया: सफा रहने जानकारी दिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
प्रतिक्रिया
