विवादास्पद अडियो प्रकरणमा सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक छानबिन अघि बढाएको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जनाएको छ।
छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत पार्टीले निर्देशन दिएको छ।
सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक अडियो र सांसद सुनारबारे उठेका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ।
प्रतिक्रिया
