नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्ट धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो । पहेँलो वर्णकी यी देवीलाई शक्ति, शान्ति र करुणाकी प्रतीकका रूपमा पूजा गरिन्छ ।

चन्द्रघण्टा देवीको आराधना गर्दा शक्ति प्राप्त हुने, पाप नाश हुने तथा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । नवरात्रका नौ दिन देवी दुर्गाका नौ स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुसार आज चन्द्रघण्टाको पूजा गरिँदैछ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर