मेसीको बिदाइ खेलमा उनकै एक गोल !

काठमाडौं ।  अन्तर्राष्ट्रिय फुटबलबाट लियोनल मेसीको बिदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई मैत्रीपूर्ण खेलमा ३–० ले पराजित गरेको छ । पूरा खेलअवधिभर मेसी छाएका थिए र यसक्रममा उनले एक गोल गर्दै अर्को दुईमा सहयोगी भूमिका पनि थिए । ब्युनर्स आयर्समा बुधबार बिहान भएको खेलमा मेसीले पेनाल्टीबाट ७१ औं मिनेटमा तेस्रो गोल गरेका हुन् । अर्जेन्टिनाका लागि यो उनको १ सय २६ औं गोल रह्यो ।

त्यस अगाडि उनकै कर्नरमा निकोलस ओटमेन्डीले ४८ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि मेसीकै पासमा निको पाजले ६१ औं मिनेटमा दोस्रो गोल गरे । मेसीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरिसकेका थिए । विश्वकप २०२६ को फाइनल उनको ओपचारिक अन्तिम खेल रह्यो र त्यसमा अर्जेन्टिना स्पेनको हातबाट पराजित रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर