आज आइतबार सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । अस्ति शुक्रबारको तुलनामा सुनको मूल्य प्रति तोला २ हजार १ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रति तोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको मूल्य प्रति तोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज आइतबार चाँदी प्रति तोला २० रुपैयाँ वृद्धि भएर ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदीको मूल्य ४ हजार ७ सय ७५ रुपैयाँ थियो ।
प्रतिक्रिया
