आज आइतबार सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । अस्ति  शुक्रबारको तुलनामा सुनको मूल्य प्रति तोला २ हजार १ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रति तोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको मूल्य प्रति तोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज आइतबार चाँदी प्रति तोला २० रुपैयाँ वृद्धि भएर  ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति  शुक्रबार चाँदीको मूल्य ४ हजार ७ सय ७५ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर