आज संविधान दिवस मनाइँदै

काठमाडौं ।  आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाइँदै छ । जनताले निर्वचनमार्फत छानेका आफ्ना प्रतिनिधिहरुबाटै संविधान बनाएर जारी गरिएको आज ११ वर्ष पूरा भएको छ ।

२०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाइने गरिएको छ । जनताले संविधानसभाकै निर्वाचन मार्फत जनप्रतिनिधि छानेका र ती प्रतिनिधिहरुले बहस छलफल गरी स्वतन्त्र रुपमा संविधान तयार गरी जारी गरिएकाले पनि यो दिवसको विशेष महत्व रहेको छ ।

नयाँ संविधानले शासकीय संरचनालाई जातीय, क्षेत्रीय, लैंगिक समावेशीकरण गर्नुका साथै नेपालको शासकीय स्वरुपलाई संघीय प्रणालीका रुपमा स्थापित गर्ने काम पनि गरेको छ । संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर