बौद्ध धर्मावलम्बीहरूको गुँला पर्व सुरु
काठमाडौं । विशेष गरेर काठमाडौं उपत्यकामा एक महिनासम्म मनाइने गुँला पर्व आज बिहीबारदेखि सुरु भएको छ ।
नेपाल संवत् अनुसार आजबाट एक महिनासम्म धर्मावलम्बीहरूले बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बिहार परिक्रमा गरी नामसंगीति पाठ गरेर यो पर्व मनाइन्छ । नेपाल संवत् अनुसार गुँला एउटा महत्त्वपूर्ण महिना हो ।
नेवारी भाषामा ‘ला’ को अर्थ महिना र ‘गुँ’ को अर्थ पहाड र जङ्ल भन्ने हुन्छ । विक्रम संवत् अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्म एक महिनाको अवधि नै गुँला हो । यो पर्वमा बिहान, दिउँसो र बेलुका प्रत्येक बिहारमा बुद्ध भगवानसम्बन्धी स्त्रोत पाठ गर्ने परम्परा छ ।
प्रतिक्रिया
