पिण्डेश्वरमा बोलबम भक्तजनको घुइँचो

काठमाडौं ।  साउन महिनाको अन्तिम सोमबार धरान उपमहानगरपालिका–१४ विजयपुर डाँडास्थित प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा ५० हजारभन्दा बढी भक्तजनले दर्शन तथा जलाभिषेक गरेका छन् ।

साउन महिनाभर सञ्चालन हुने बोलबम मेलाको अन्तिम सोमबार भएकाले आइतबार साँझदेखि नै पिण्डेश्वर बाबाधाममा भक्तजनको घुइँचो लागेको पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिले जनाएको छ । अत्यधिक भीडका कारण आईतबार राति देखि नैै शिवलिङ्गमा जल चढाउन ढोका खुुल्ला गरिएको व्यवस्थापन समितिका कोषाध्यक्ष पंकज घिमिरेले बताउनुभयो ।

साउन महिनाभर सञ्चालन हुने बोलबम पूजाको अन्तिम सोमबार बिहान ११ बजेसम्म करिब ५० हजार भक्तजनले दर्शन गरिसकेको र दिनभरमा १ लाख भन्दा बढी श्रद्धालुले जल चढाउने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष केही कम भक्तजन आउनुभएको हो, गुरु बृहस्पति अस्त भएकाले साउन महिनाकाको पहिलो हप्ता र दोस्रो हप्तामा मांगलिक कार्य नगर्ने धार्मिक मान्यताका कारण प्रभाव परेको पनि भगवान् शिवको पूजा आराधना गर्न मिल्ने भएकाले भक्तजनहरू आइरहनुभएको थियो ।

पिण्डेश्वरम बाबाधाममा भक्तजनहरुले सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी तथा कोकाहा खोलाबाट जल ल्याएर शिवलिङ्गमा बेलपत्रसहित अर्पण गर्ने गरेका छन् । जल चढाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण धरानसहित सुनसरी, मोरङ, झापा, उदयपुरलगायत देशका विभिन्न जिल्लाबाट भक्तजन बोलबम यात्रामा सहभागी हुने गरेका छन् ।

कतिपय भक्तजनले चतराबाट पैदल तथा खाली खुट्टा हिँडेर जल ल्याउने परम्परालाई समेत निरन्तरता दिएका छन् । टाढाटाढाबाट आएका भक्तजन आइतबार नै नदीमा स्नान गरी जल लिएर पिण्डेश्वर पुग्ने, रातभर जाग्राम बस्ने र सोमबार बिहान शिवलिङ्गमा जल चढाएर फर्कने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर