शिक्षक महासंघले भदौबाट आन्दोलन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएको छ । शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
परिषद् बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ । आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार परिषद्बाट विस्तारित बैठकलाई प्रत्यायोजित गरिएको महासंघले जनाएको छ । (तस्बिरःफाइल)
प्रतिक्रिया
