आज मंगलबार सुनको भाउ घट्यो भने चाँदीमा बढ्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ प्रति तोला दुई सय रूपैयाँले घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सोमबार सुन प्रति तोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ३० रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर