आज मंगलबार सुनको भाउ घट्यो भने चाँदीमा बढ्यो
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ प्रति तोला दुई सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
हिजो सोमबार सुन प्रति तोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ३० रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
