आज सुन तोलामा ८ सय रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा झरेको थियो।

यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर ४ हजार ३ सय १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको भाउ १ सय २५ रुपैयाँ घटेर ४ हजार ३ सय २० रुपैयाँमा झरेको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावअनुसार नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य परिवर्तन भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर