आज सुन तोलामा ८ सय रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा झरेको थियो।
यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर ४ हजार ३ सय १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको भाउ १ सय २५ रुपैयाँ घटेर ४ हजार ३ सय २० रुपैयाँमा झरेको थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावअनुसार नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य परिवर्तन भइरहेको छ।
प्रतिक्रिया
