नेपालमा बाघको संख्या ४ सय २९ पुग्यो

काठमाडौं । नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ । विश्व बाघ दिवसको अवसर पारेर आयोजना गरिएको एक विशेष कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बुधबार सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ महिनाको समयावधि लगाएर बाघ पाइने पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा पाइने बाघको संख्याको सर्वेक्षण गरेको थियो । नेपालमा बाघ तराई भूपरिधिको पर्सादेखि शुक्लाफाँटासम्म बाघ पाइने गरेको छ ।

यो वर्ष बाघको संख्या बढेको छ । सन् २०२२ को बाघ सर्वेक्षणमा नेपालभरी बाघको संख्या ३५५ थियो । यस पटक विगतभन्दा विगत चार वर्ष यता बाघको संख्या ७४ ले बढेको हो ।

पछिल्लो चार वर्षमा ७४ बाघ थपिएको भए पनि बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भने अघिल्लो चार वर्षभन्दा यस पटक बाघको संख्या घटेको  छ । सन् २०२२ को सर्वेक्षणमा बर्दियामा बाघको संख्या १२५ थियो भने यस पटक ११२ वटा बाघ रेकर्ड गरिएका छन् ।

बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १४५, बाँके राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ रेकर्ड गरिएका छन् ।

अघिल्लो बाघ सर्वेक्षणमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा रेकर्ड गरिएका थिए । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा, पर्सामा ४१, बाँकेका २५, शुक्लाफाँटामा ३६ वटा बाघ रेकर्ड गरिएका थिए ।

बाघको संख्या बढेको दर हेर्दा सबैभन्दा बढी पर्सा राष्ट्रिय निकुञ्जमा देखिन्छ । यस पटकको सर्वेक्षणमा पर्सामा ३० वटा, बाँकेमा २६ वटा बाघ बढेको छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७, शुक्लाफाँटा र आसपासको क्षेत्रमा १४ वटा बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

बाघको संख्या आहार प्रजाति, बासस्थान र चोरी शिकार नियन्त्रणमा आधारित हुने गर्छ । यस पटकको गणनामा बाघको वृद्धिदर भने ऋणात्मक रहेको छ । सन् २०१८ भन्दा २०२२ मा झण्डैं ५१ प्रतिशतले बढेको बाघको वृद्धिदर यस पटकको गणनामा जम्मा २१ प्रतिशत मात्र रहेको छ ।

मनाइयो बाघ दिवस

आज अंग्रेजी तारेख जुलाई २९ अर्थात विश्व बाघ दिवस । हरेक वर्ष जुलाई २९ का दिन विश्व बाघ दिवस मनाउने गरिएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको पहिलो बाघ सम्मेलनले बाघ संरक्षण र बाघ संरक्षणसम्बन्धी सचेतना र सजगता अपनाउका लागि यो दिनलाई बाघ दिवस मनाउने घोषणा गरेको थियो ।

सोही दिनको अवसर पारेर नेपालले बाघ सर्वेक्षणको नतिजा आज सार्वजनिक गरिएको हो । बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ बढ्नु राम्रो कुरा भए पनि चुनौती थपिएको प्रति सबै सम्वेदनशील हुनुपर्ने बताउनुभयो ।

उहाँले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै सरोकारवाला सबैको सहयोग र सक्रिय सहभागिताको आवश्यकतामा जोड दिनुभयो । सो अवसरमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बाघ मानव सहअस्तित्वका लागि आगामी दिनमा ठोस योजना र कार्यक्रम सरकारले सञ्चालन गर्ने कुरा बताउनुभयो ।

शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ ।

राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघको सङ्ख्या ४४ बाट वृद्धि भएर ५० पुगेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले आठ बर्षको अवधिमा निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । सन् २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज बिहान बाघ सर्वेक्षणको नतिजा सार्जवजिक गर्दै बाघ गणना २०८२ पुसदेखि २०८३ वैशाख १० गतेसम्म गरिएको जनाएको छ ।

शुक्लाफाँटा र आसपासका क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघ गणना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियामा बाघका लागि आहारा प्रशस्त भएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको हो ।

मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थानका रूपमा पनि शुक्लाफाँटा परिचित छ । कुल ३०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटामा बाह्रसिङ्गा, चित्तल, बँदेललगायत गरेर आहारा प्रजाति प्रति वर्गकिलोमिटरमा १४६.२ जनावर रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर