शिक्षक सरुवासम्बन्धी नियमावली तत्काल संशोधन नहुने
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले शिक्षकको सरुवासम्बन्धी विषयमा नियमावली तत्काल संशोधन गर्न नसकिने बताउनु एको छ । । “शिक्षकले आफू कार्यरत विद्यालयमा कम्तीमा तीन वर्ष सेवा गर्नुपर्छ,” उहाँले भन्नुभयो, “तसर्थ तीन वर्ष नपुग्दै सरुवा हुन पाउनुपर्छ भन्ने माग पूरा गर्न शिक्षा नियमावली तत्काल संशोधन गर्न सकिँदैन।”
शिक्षा पत्रकार समूहका प्रतिनिधिसँगको भेटघाटका क्रममा मन्त्री पोखरेलले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय अलोकप्रिय जस्तो देखिए तापनि यो व्यवस्था नहट्ने र यसले निरन्तरता पाउने स्पष्ट पार्नुभयो। शिक्षामन्त्री पोखरेलले भन्नुभयो , ‘शनिबार र आइतबार दुई दिनको बिदा अलोकप्रिय हो भन्ने थाहा छ तर पनि यसले निरन्तरता पाउँछ । यो हट्दैन ।’
प्रतिक्रिया
