करारका कर्मचारीहरूद्वारा अर्थ मन्त्रालय घेराउ

काठमाडौं ।  केन्द्रीय सचिवालय सिंहदरबारमा करारमा कार्यरत कर्मचारीहरूले अर्थ मन्त्रालय घेराउ गरेका छन् । मन्त्रालय घेराउ गर्न पुगेका उनीहरूले आफ्नो जागिरको सुनिश्चिततासहित सेवा सुविधाको माग गरेका छन् ।

अर्थ मन्त्रालय पुगेका कर्मचारीहरूको टोलीमध्ये केही कर्मचारीको टोलीले अर्थ सचिव डा. घनश्याम उपाध्यायसँग भेट गरी छलफल गर्ने तयारी भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले बताए । करारमा कार्यरत कर्मचारीहरूको अवधि यही साउन १ गतेदेखि सकिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर