करारका कर्मचारीहरूद्वारा अर्थ मन्त्रालय घेराउ
काठमाडौं । केन्द्रीय सचिवालय सिंहदरबारमा करारमा कार्यरत कर्मचारीहरूले अर्थ मन्त्रालय घेराउ गरेका छन् । मन्त्रालय घेराउ गर्न पुगेका उनीहरूले आफ्नो जागिरको सुनिश्चिततासहित सेवा सुविधाको माग गरेका छन् ।
अर्थ मन्त्रालय पुगेका कर्मचारीहरूको टोलीमध्ये केही कर्मचारीको टोलीले अर्थ सचिव डा. घनश्याम उपाध्यायसँग भेट गरी छलफल गर्ने तयारी भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले बताए । करारमा कार्यरत कर्मचारीहरूको अवधि यही साउन १ गतेदेखि सकिँदैछ ।
प्रतिक्रिया
