सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको हो। सोमबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँमा कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। सोमबार प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी आज ९० रुपैयाँले घट्दै ५ हजार ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रतिक्रिया
