सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको हो। सोमबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँमा कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। सोमबार प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी आज ९० रुपैयाँले घट्दै ५ हजार ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर