विद्यालय तहको नयाँ शैक्षिक कालेण्डर तयार

काठमाडौं ।  हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएपछि विद्यालय तहको वार्षिक बिदा कटौती गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहको नयाँ शैक्षिक कालेण्डर तयार गरेको छ ।

सप्ताहअन्तमा दुई दिन बिदा हुने भएपछि केन्द्रले वर्षे र हिउँदे बिदा घटाउने निर्णय गरेको छ । विद्यालयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने भएकोले हिउँदे र बर्से बिदा साबिकको ४५ दिनबाट घटाएर ३० दिन कायम गर्न केन्द्रले सबै सामुदायिक विद्यालय र सरोकारवाला निकायमा परिपत्र गरेको छ ।

केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह तथा सबै विद्यालयहरूलाई परिपत्र गर्दै दुई दिन बिदा दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न निर्देशन दिँदै शैक्षिक कालेण्डरमा त्यसको प्रभाव पर्न नदिने बिदा समायोजना गर्न भनेको हो ।

केन्द्रको निर्देशनअनुसार प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्नेछ । सोमबारदेखि शुक्रबारसम्म पूर्ण रूपमा पठनपाठन तथा शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ भने अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर