अर्थमन्त्री वाग्लेले एक सय रुपैयाँ भन्दा बढीको मूल्यमा लाग्ने भन्सारलाई यो सरकारले संशोधन गर्ने जानकारी मंगलकार संसदको अर्थ समितिलाई सम्बोधन गर्ने क्रममा बताए । उनले राजस्व चुवाहटको विषयमा भने पूर्ण रुपमा कडाइ गर्ने र स्वदेशी उत्पादनमा असर गर्ने गरी सीमा पारिबाट आउने सामानमा भने सरकार निर्मम भएर लाग्ने पनि बताए ।
वाग्लेले भने ‘आम नागरिकले सीमा पारी गएर समान ल्याउन पाउने विषयमा भने सुविधा दिन्छौँ । स्थानीयले प्रयोग गर्ने समानमा हदैसम्मको लचकता अपनाउँछौं ।’ उनले साधनस्रोत सम्पन्न बनाएर सीमा क्षेत्रको निगरानी गर्ने पनि बताए । यसकै लागि सरकारले नाइटभिजन र ड्रोनमार्फत निगरानी गर्ने भनेर नीति तथा कार्यक्रममा राखिएको भनाइ पनि अर्थमन्त्री वाग्लेको छ ।
