१०० रुपैयाँमा भन्सार लाग्ने व्यवस्था पुरानै हो, स्थानीयको आवश्यकता हेरेर बढाउँछौं : वाग्ले

काठमाडौं । काठमाडौं । १०० रुपैयाँ भन्दा बढीको मूल्यमा भन्सार लगाउने व्यवस्था पुरानै सरकारले गर्दै आएको र त्यसलाई यो सरकारले कार्यान्वयन मात्रै गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।

उनले एक सय रुपैयाँभन्दा बढीको मूल्यमा भन्सार लगाउँदा सीमा क्षेत्रका स्थानीयलाई परेको समस्याको बारेमा सरकारको ध्यानाकर्षण भएको भन्दै आगामी आर्थिक वर्ष २०८३-८३ को बजेट मार्फत यसलाई परिमार्जन गर्ने बताए । उनले सीमा क्षेत्रको स्थानीयको आवश्यकता हेरेर सीमा वारीका नेपालीले पारी गएर दैनिक उपभोग्य वस्तु खरिद गर्दा लाग्ने गरेको भन्सार मूल्यको सीमालाई बढाउने बताए ।

अर्थमन्त्री वाग्लेले एक सय रुपैयाँ भन्दा बढीको मूल्यमा लाग्ने भन्सारलाई यो सरकारले संशोधन गर्ने जानकारी मंगलकार संसदको अर्थ समितिलाई सम्बोधन गर्ने क्रममा बताए । उनले राजस्व चुवाहटको विषयमा भने पूर्ण रुपमा कडाइ गर्ने र स्वदेशी उत्पादनमा असर गर्ने गरी सीमा पारिबाट आउने सामानमा भने सरकार निर्मम भएर लाग्ने पनि बताए ।

वाग्लेले भने ‘आम नागरिकले सीमा पारी गएर समान ल्याउन पाउने विषयमा भने सुविधा दिन्छौँ । स्थानीयले प्रयोग गर्ने समानमा हदैसम्मको लचकता अपनाउँछौं ।’ उनले साधनस्रोत सम्पन्न बनाएर सीमा क्षेत्रको निगरानी गर्ने पनि बताए । यसकै लागि सरकारले नाइटभिजन र ड्रोनमार्फत निगरानी गर्ने भनेर नीति तथा कार्यक्रममा राखिएको भनाइ पनि अर्थमन्त्री वाग्लेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर