त्रिविमा कांग्रेस, माओवादी र एमालेको एउटा तह भत्कियो
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले बिहीबार पदबाट राजीनामा दिएका हुन् । शिक्षाध्यक्ष केसीका अनुसार उनीहरूले सरकारको आह्वानअनुसार संयुक्त रूपमा राजीनामा बुझाएका हुन् ।
“उपकुलपतिसहित हामी तीनै जनाले सामूहिक राजीनामा दिएका छौँ” ,केसीले भने । उनका अनुसार नयाँ सरकारलाई काम गर्न सहज वातावरण बनाउनका लागि यस्तो निर्णय गरिएको हो । यसअघि उनीहरूको नियुक्ति कोही कांग्रेस, माओवादी वा एमालेको कार्यकालमा भएका थिए । राजीनामासँगै अहिले त्यो एक तह पूरै भत्किएको छ ।
प्रतिक्रिया
