सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं ।  नेपाली बजारमा आज बुधबार सुन प्रतितोला तीन हजार रूपैयाँले घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रति तोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ३० रूपैयाँ घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर