सुनचाँदीको मूल्य घट्ने क्रम जारी
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन प्रतितोला तीन हजार रूपैयाँले घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रति तोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ३० रूपैयाँ घटेको हो ।
प्रतिक्रिया
