“मेरो पछाडि स्वार्थी समूहहरू लागे, मेरो इमान्दारितामा एक इन्च रौँ पनि हल्लेको छैन”

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताएका छन् । बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा मंगलबार प्रतिनिधिसभामा जवाफ दिनुहुँदै अर्थमन्त्री महतले भने, “आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको छु । अर्थ मन्त्रालयका कर्मचारीकै रूपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको र श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको हो ।”

श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताउँदै उनेले भने, “मेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको र इमान्दारिता कायम राखेकाले स्वार्थी समूहहरू, निजी स्वार्थ भएकाहरू आफ्नो पछि लागेको हो । अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्‍यो भन्ने भाष्य बनाएर नियोजित रूपमा गर्दा त्यो नै सत्य हुने ?।”

अर्थमन्त्रीले जिम्मेवारीमा बसेकाहरू सबै असत्य, झस्टा र असत्य काम गर्न बसेको भन्नेकुरा मान्न नसकिने बताउँदै भने, “कसैले लेखिदियो भन्दैमा त्यो चाहिँ सत्यमाथि सत्य भयो भन्ने तर्क गर्न मिल्दैन । जिम्मेवारी लिएर कशम खाएर संसद्को रोष्ट्रममा उभिएर जवाफ दिन आएको हुँ । मेरो इमान्दारितामाथि शङ्का नगर्न आग्रह गर्दछु । ”

अर्थमन्त्री डा. महतले करको दर हेरफेरबारे आफूहरूले नै निर्णय गरेको बताए । उनले भने, “निर्णयको इन्ट्री गर्न भने पूर्वनायबसुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रूपमा राखेको र निर्णय गरिसकेपछि प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको हो ।” बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर