रातो मच्छिन्द्रनाथको रथ लगनखेलमा
काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्राको रथलाइ तानेर हिजो आइतबार लगनखेल बसपार्क पुर्याइएको छ। जात्राको पहिलो दिन गाःबहाल पुर्याइएको रथलाई त्यसपछि मङ्गलबजार, सुनधारा र चाःबहाल हुँदै आइतबार लगनखेल लगिएको हो।
वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा वैशाख ५ गते पूजाअर्चनासहित विराजमान गराइएपछि वैशाख ८ गते रथ तानेर जात्रा औपचारिक रूपमा सुरु गरिएको थियो। गुथी संस्थानका प्रवक्ता जनक पोख्रेलका अनुसार रथ लगनखेल पुर्याएपछि महाबलि पूजा गरिने र साइत हेराएर रथको टुप्पोबाट नरिवल खसाल्ने प्रचलन छ। रथ लगनखेल पुर्याएपछि महाबलि पूजा गरिने र साइत हेराएर रथको टुप्पोबाट नरिवल खसाल्ने प्रचलन छ।
प्रतिक्रिया
