काठमाडौंमा नरदेवीको जात्रा प्रारम्भ
काठमाडौं । पाहाँचर्हेको साँझबाट नरदेवी जात्रा (ङत अजिमा) को जात्रा सुरु भएको छ । दुईसम्म हुने जात्रा पाहाँचर्हे र सोको भोली पल्ट घोडेजात्राको दिन नरदेवी मन्दिरको विपरित दिशामा रहेको डबलीमा नचाइन्छ । गणेश, सिङीनी, व्याघिनी, इन्द्रायणी, रुद्रायणी, कुमारी, अजिमा, नारायणी, ब्रम्हायणी, भैरव लगायतका देवगणहरु द्यःछेँबाट आइ डबलीमा देव नाच गर्ने गरिन्छ
‘ङतभुलु अजिमा’ जात्राको ‘ताभुज’ बाजाका सदस्य राजप्रकाश तुलाधरका अनुसार लोक उद्धारका लागि ‘च स्वा’ फूलबाट नरदेवी निस्किनुभएको भन्ने किम्बदन्ती छ। ‘‘देवीलाई समस्त देशका मानिसलाई उद्धार गर्ने देवी भएर नरदेवी भनिएको हो’’, उहाँले भन्नुभयो, ‘‘त्यो समयमा नरदेवी शक्ति पिठको रुपमा थिए। गुणकामदेवको पालामा काठमाडौँ उपत्यका बनाउने क्रममा भित्रि भाग जस्तै, कुला भुलु, असं भुलुमा त्रिकोण आकारको देवता राख्ने चलन थियो ।’’
मुख्य शहरअन्तर्गत पर्ने मन्दिर मध्य श्वेतकाली माता पनि गुणकामदेवको पालामा स्थापना भएको भनिन्छ । तर विभिन्न देवी देवताका मुकुट लगाएर नाच देखाउने चलन अमर मल्लको पालामा भएको उहाँ बताउनुहुन्छ । जात्रालाई अझै राम्रो बनाउने काम भने रणबहादुर शाहले गर्नुभएको अभिलेखमा उल्लेख गरिएको छ ।
