नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक  ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज रिडी पावरको सर्वाधिक ६५ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ६२ करोड १३ लाख रुपैयाँ र तेस्रोमा सिंगटी हाइड्रो इनर्जीको ५८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन रिडी पावरका लगानीकर्ताले सर्वाधिक ९.६७ प्रतिशतका दरले कमाएका छन् । यस्तै, सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले ८.६८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ६.३९ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर