नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज रिडी पावरको सर्वाधिक ६५ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ६२ करोड १३ लाख रुपैयाँ र तेस्रोमा सिंगटी हाइड्रो इनर्जीको ५८ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन रिडी पावरका लगानीकर्ताले सर्वाधिक ९.६७ प्रतिशतका दरले कमाएका छन् । यस्तै, सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले ८.६८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ६.३९ प्रतिशतका दरले गुमाएका छन् ।
