आज सुन तोलामा ४१ सय रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबारको तुलनामा सुनको भाउ तोलामा चार हजार एक सय र चाँदीको दुई सय ४० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख चार हजार छ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको भाउ यसअघि आइतबार प्रतितोला तीन लाख पाँच सय रुपैयाँ रहेको थियो । यता आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर सोमबार पाँच हजार दुई सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर