आज सुन तोलामा ४१ सय रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबारको तुलनामा सुनको भाउ तोलामा चार हजार एक सय र चाँदीको दुई सय ४० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख चार हजार छ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको भाउ यसअघि आइतबार प्रतितोला तीन लाख पाँच सय रुपैयाँ रहेको थियो । यता आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर सोमबार पाँच हजार दुई सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
