काठमाडौंको टुँडिखेलमा थारु समुदायको माघे सङ्क्रान्ति पर्व

काठमाडौं । आज माघे सङ्क्रान्ति पर्व देशभर विभिन्न मुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सकराती पनि भन्ने गरिन्छ । यो पर्वका अवसरमा थारु समुदायले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरेर मनाएका छन् ।

थारू समुदायको सबैभन्दा ठुलो पर्व हो ‘माघी’ । यसलाई ‘माघ, माघी, खिचरा, तिलासङ्क्रात, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् । कपिलवस्तु–चितवनका थारूले खिचरा पर्व भन्छन् । दाङपश्चिमका थारूले माघी भन्छन् । ठाउँ अनुसार यस पर्वलाई आफ्नै शैलीमा मनाइने गरिन्छ।

थारू समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारू समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ काम थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर