काठमाडौंमा ‘तमू ल्होछार’ को रौनक

काठमाडौं । गुरुङ समुदायले आज मंगलबार नयाँ वर्षलाई स्वागत गर्दै ‘तमू ल्होछार’ मनाएका छन् । गुरुङ समुदायको बाहुल्यता रहेका स्वदेशका विभिन्न वस्तीहरु र विदेश समेत ल्होछार धुमधामका साथ मनाए । यो पर्वमा ग्रहशान्ति गर्ने आफ्नो मौलिक भेषाभूषा र संस्कृति झल्किने प्रदर्शन गर्ने र  एक आपसमा शुभकामना आदन–प्रदान गर्दे सहभोज गरेर यो पर्व मनाउने प्रचलन रहेको छ।

‘ल्हो’को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होछार’ भनिएको हो । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमू ल्होछार मनाइन्छ । काठमाडौं उपत्यका बसोवास गर्ने गुरुङ समुदायका व्यक्तिहरु आफ्नो मौलिक भेषभूषा र झाँकीसहित ल्होछार मनाउन टुँडिखेलमा भेला भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर