बालेन र रवि नमिलेसम्म गेट बन्द हुनेछ : सुदन गुरुङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं  महानगरका मेयर बालेन साहबीच अहिले ललितपुरमा भेटघाट जारी छ।

कुपण्डोलस्थित  एक घरमा भित्र उनीहरुबीच वार्ता भइरहँदा बाहिर जनेजी प्रतिनिधि सुदन गुरुङ पनि उपस्थित छन्। उनले ठट्यौली शैलीमा दुई नेताहरू नमिलेसम्म गेट नखोल्ने बताए। ‘हाम्रो दुई जना नेताहरू भित्र हुनुहुन्छ,’ गुरुङले भने, ‘जबसम्म उहाँहरु मिल्नु हुँदैन, तबसम्म यो गेट खोलिँदैन।’ वार्ता स्थानमा  डा. अमरेशकुमार सिंह पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर