तत्काल कठघरामा उभ्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभूवन विश्वविद्यालय (त्रिवि) को जग्गा अपचलन गर्ने र मिच्ने कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई तत्काल कठघरामा उभ्याउन निर्देशन दिएकी छन्।

सिंहदरबारमा  मङ्गलबार त्रिविका पदाधिकारी र मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले जग्गा अपचलनसम्बन्धी प्रतिवेदन कार्यान्वयनको प्रगतिबारे जानकारी माग गरेकी थिइन्। यस क्रममा उनले असम्बन्धित सङ्घसंस्था र व्यक्तिहरूले त्रिविको जग्गा ओगट्ने, बलका आधारमा मिचेर खाने र बेचबिखन गर्ने प्रवृत्ति तत्काल रोक्न र दोषीलाई कठघरामा उभ्याउनुपर्ने बताएकी छन्। साथै, उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति जग्गा फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढ्यो र दोषीमाथि कारबाही के भयो भनेर चासो व्यक्त गरेकी थिइन्।

छलफलमा त्रिविका पदाधिकारीहरूले अपचलन भएको जग्गाको लगत कायम गर्न र ओगटेर बसेकाहरूलाई हटाउन सरकारको सहयोगको अपेक्षा रहेको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर