राजनीतिक दलका भ्रातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भ्रातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शिक्षक संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। मन्त्री पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरणविपरीत राजनीतिक गतिविधिमा संलग्न भए कानुनी कारबाहीसहित पदबाट बर्खास्त हुन सक्ने चेतावनी दिएका छन् ।

उनले आइतबार भनेका छन् कि कुनै पनि पेसागत ऐनले सेवामा रहेका कर्मचारीलाई पेसागत हकहित बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुन अनुमति दिंदैन ।

mahabir pun


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर