बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने श्रद्धालुको घुइँचो

काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मूख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि खुला गर्ने गरिएको छ ।

टीकाको साइत ११ बजेर ३९ मिनेटअघि नै बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भिड लागेको छ । दिदीबहिनी एवम् दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गएर पूजा, दर्शन गरी टीका लगाउने गरिन्छ ।

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएकाले काम विशेषले काठमाडौंमा बसेका र आफ्नो दिदीवहिनी नभएकाहरुले टीका लगाउन आउने गरेका छन् । यस दिन विदेशी नागरिकले समेत टीका लगाउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर