नयाँ बालकुमारी आर्यताराको कुमारीको आसनमा विराजमान

काठमाडौं ।  नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइएको छ । आज मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइएको हो । परम्परागत विधि अनुसार अब आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा चयन गरिएको थियो । उनी आज हुने विशेष समारोहपछि उनी कुमारी घरमा विराजमान गराइएको छ

शाक्य महाविहार संघले शहरका १५ बहालहरुमा पत्र पठायो, नामहरू संकलन भए, परिवारहरूको आशा बढ्दै गयो । अन्तिममा मापदण्ड पास गर्ने केवल तीन नानी बाँकी रहेका थिए । अनि गुठी संस्थान, पञ्चाङ निर्णायक समिति र परम्परागत विधिअनुसार, आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा घोषणा गरिएको थियो । आर्यतारा शाक्य अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी छोरी हुन् । त्यस्तै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको छ । उनलाई बाजागाजासहित घरसम्म पुर्‍याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर