सर्वाधिक चर्चा जेन–जी भनेको के हो ? जानौं र बुझौंं

काठमाडौं ।  नेपालमा अहिले सर्वाधिक चर्चाको विषय भएको शब्द हो जेन–जी । कतिपयलाई त यो नयाँ शब्द भएकाले नबुझिकन आ–आफ्नै डेढअक्कलीले अर्थ लगाएर बुद्धिजीवि, विद्वान र बुझक्कड बन्ने प्रयास गरिरहेका छन् । अहिले नेपालको चिया पसल, भट्टी र अन्य सामान्य जमघटमा पनि जेन–जी शब्दको परिभाषा र अर्थलाई लिएर बहश, तर्क-विर्तक र चर्को स्वरमा छलफल हुने गेरेको पाइन्छ ।

यस्तो परिस्थितिलाई जरैदेखि निर्मूल गर्न र समाजमा सही सन्देश प्रवाह होस् भन्ने सोद्देश्यले यहाँ जेन–को अर्थ र परिभाषा अथवा यो शब्द किन प्रयोग गरियो र के–का लागि प्रयोग गरिन्छ भन्ने प्रचलित मान्यतालाई सप्रसँग व्याख्या र र प्रस्तुत गरिएको छ । सबभन्दा पहिले अंग्रेजीमा जेनेरेशन भन्ने शब्दको छोटो रूप हो जीइएन (जेन) र अंग्रेजीको जेड वर्णानुक्रम जेड अक्षरलाई जी उच्चारण गरिन्छ । जस्तै पश्चिमाहरू जेब्रा भन्दैनन्, उनीहरू जीब्रा भन्छन् । तर नेपालमा जेब्रा भनिन्छ । फरक यहाँनेर हो । जस्तै अंग्रेजी शब्द लालटर्नलाई नेपालीहरू लालटिन भन्छन् । गोडाउनलाई गोदाम भन्छन्, आदि, इत्यादि । वास्तवमा पुस्ताको खास कालखण्डको वर्गीकरणको धेरै भागमध्ये जेन–जी एक भाग हो ।

जेन–जी (पुस्ताको वर्गीकरण)

जेनजी कसलाई भन्निछ भने जो अंग्रेजी संवत् सन् १९९७ देखि २०१२ सम्म जन्मेकाहरू हुन् । यो पुस्ता त्यो समूह हो जो व्यक्तिगत मतलब र तीव्र गतिको सञ्चार व्यवस्थालाई आफ्नो जीवन चर्या मान्छन्। यसै पुस्ताले नेपालमा करप्सन (भ्रष्टाचार) र नेपोटिज्म (नातावाद, छोराछोरी र भाइभतिजावाद) विरुद्ध आवाज उठाए र त्यो आवाजले सत्ता परिवर्त्तन गर्नसम्म सफल भए । यिनीहरूलाई कम्प्युटर जेनेरेशन पनि मानिन्छ । यिनीहरू जन्मेर होश सम्हालेपछि कम्प्युटरमा खेल्ने र पढ्न पाएका थिए । प्रविधिको विकाससँगै पुस्ताको वर्गीकरण गरिएको हो ।

अन्य जेनेरेशन

साइलेन्ट जेनेरेशन–१९२८ देखि १९४५ सम्म जन्मेका पुस्तालाई साइलेन्ट जेनरेशन मानिन्छ । यो पुस्ताले दोस्रो विश्व युद्ध र त्यसपछिको मुस्किल परिस्थितिसँग लडेका थिए ।

बेबी बुमर्स– १९४६ देखि १९६४ सम्म जन्मेका लाई बेबी बुमर्स भनिन्छ । यो पुस्ताका मान्छेहरू कुनैपनि विषयमा केन्द्रित हुन मन लाग्ने र स्थिर मनस्थिति, मानसिकताका हुने गर्दछन् ।

जेनेरेशन–एक्स– १९६५ देखि १९८० सम्म जन्मेका लाई जेनेरेशन एक्स भनिन्छ । आधुनिक प्रविधि समाज व्यवहार प्रयोग हुनुभन्दा पहिले र त्यसपछिको ट्रानजिसन्स जेनेरेशन ।

जेन– वाई (मिलेनियल्स) – १९८१ देखि १९९६ जन्मेकालाई जेन–वाई भनिन्छ । यो पुस्ताले लाइन लाइन्ड फोन (पिएसटिएन) देखि स्मार्ट फोनको यात्रा देखेका छन् ।

अब जेन–जी पछिका जेनेरेशनलाई के भनिन्छ ?

जेन–जी पछि आएका पुस्तालाई जेन– अल्फाको नामले चिनिन्छ वा पुकारिन्छ । यिनीहरू २०१३ देखि २०२५ सम्म जन्मेका हुन् । यो पुस्ताले ए–आई (आर्टिफिसिएल इन्टिलिजेन्स), ट्ब्याबलेट र अनलाइन लर्निङको एक प्रकारको प्रणालीमा हुर्केका छन् । जेन अल्फापछि पनि जेन बिटा र जेन गामा आउने छन् ।

Who is called Gen G?
This new label of Generation G, aka “Gen G”, where G apparently stands for ‘Global’ and ‘Generous’ is the young generation who are ready to volunteer their passions, their talents and their generosity. These young people have grown up ‘social’ and grown-up ‘digital’
Is it gen z or gen g?
The choice depends on context, but you likely mean Gen Z, which refers to a generation of people born between roughly 1997 and 2012, who are also known as “digital natives”“Gen G” is not a widely recognized demographic term; it may refer to the Greatest Generation (born 1901-1924), or it could be a non-standard term related to “Generation-G” or “Generation-Giving” as a corporate concept involving philanthropic and environmentally conscious business practices. 

(यो समाचार टिप्पणी हाम्रा पाठकहरूको जिज्ञाशा मेट्न तयार पारिएको हो । यसको कुनै कानुनी मान्यता छैन र हुँदैन पनि । यो त मात्र समाज–व्यवहार प्रचलित मान्यता मात्र हुन् । )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर