तिलोची तालमा वर्फ नपग्नाले वातावरणविद् चिन्तित

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकास्थित तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बर्फ पग्लिएको छैन । समुद्री सतहदेखि चार हजार ९ सय १९ मिटर उचाइमा रहेको यो तालले चार दशमलव आठ किलो मिटर क्षेत्रफलमा फैलिएको छ । पछिल्लो समय विश्वको जलवायुमा आएको परिवर्तनका कारण उक्त वर्फ पग्लिन मुस्किल भएको वातावरणविद्हरूको कथन रहेको छ । नेपालको उच्च हिमाली र पहाडी क्षेत्रमा वैशाख महिना लागेसँगै हिमताल र हिउँ पग्लेर नदीनालामा पानीको सतह बढने गरिन्थ्यो । तर अहिलेको अवस्थामा नदीनालामा वूर्वको अवस्थाजस्तै स्वाभाविकता देखिएन ।
प्रतिक्रिया