ओलीका लागि जन्मभूमि नै आफ्नी आमाको प्रतिरूप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले आ फूले चार बर्षको उमेरमा नै आमा गुमाएको उल्लेख गर्दै आफ्नो स्मृतिमा आमाको अनुहार स्पष्ट नभएको उल्लेख गरेका छन् । उनले आफ्नो लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको लेखेका छन् ।

उनले भनेका  छन्-   “मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो । आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ । यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु । आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ । सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् । शुभकामना !”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर