तिब्बतमा सयभन्दा बढी सेतो ओठ भएको हरिण फेला
काठमाडौं । उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउन्न नेसनल नेचर रिजर्भमा सयभन्दा बढी सेतो ओठ भएको हरिणहरु फेला परेका छन्।
सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षाअन्तर्गत पर्दछ। यो प्रजाति ३ हजारदेखि ५ हजार मिटरसम्मको उचाइमा बस्छ। यो मुख्यतयाः तिब्बती पठार छिङहाई र त्यस वरपरका क्षेत्रमा उच्च स्थानका घाँसे मैदानहरुमा पाइन्छ। यसलाई प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन) ले लोपोन्मुख जनावरमा राखेको छ।
प्रतिक्रिया
